`

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट

Nepal One HD ८ वैशाख २०८० १३:०४
राजनीति

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिनुभयो ।

विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।


प्रतिक्रिया