कोशी प्रदेशलगायत पहाडी भुभाग पानी पर्ने, तराईमा हावाहुरी
समाचार
काठमाडौं – आज देशका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ भने कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक पानी पर्ने सम्भावना रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
