आज नेकपाकाे ७५ औँ स्थापना दिवस,एमालेले १४ जना योद्धालाई सम्मान गर्ने
काठमाडौं – आज नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको दिन । २००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।
कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।
यसै सन्दर्भमा आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विगतको संकटपूर्ण अवस्थाबाट यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान १८ जना योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।
यसैबीच हालै नेकपा एस छाडेका मुकुन्द न्यौपाने आफ्नो टिमसहित एमालेमै फर्किँदैछन्। २५ चैतमा नेकपा एकीकृत समाजवादी त्यागेका उनी नेकपा स्थापना दिवसको अवसरमा एमालेले राखेको कार्यक्रममै एमालेमा फर्किन लागेका हुन्र
उनीसँगै केदार न्यौपाने, चुडामणि जंगली बिश्वकर्मासहित मकवानपुर, दाङ, रुकुम, रोल्पासहित जिल्लाका नेताहरू एमालेमा फर्किन लागेका हुन्।
