गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत (पूर्ण पाठसहित)
राजनीति
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे छ ।
सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
एमाले नेता अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो। संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। मुख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाउनुभएकाे थियाे । सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका (समामुखसहित) ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।
पूर्णपाठ
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
