`

नेकपा एस पार्टी नै हाेइन : मुकुन्द न्याैपाने

Nepal One HD ९ वैशाख २०८० १७:२१
राजनीति

काठमाडौं – नेकपा एमाले प्रवेश गर्नुभएका नेता मुकुन्द न्यौपानेले  एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गर्नुभएको छ । 

शनिबार एमालेले नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी प्रवेश गर्दै नेता न्यौपानेले नेकपा एस पार्टी नै नभएको जिकिर गर्नुभयो । 

नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गर्नुभएका उहाँले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने बताउनुभयो ।  उहाँले समाजवादको मुकुण्डो ओडेर मात्रै समाजवाद नआउने बताउनुभयो ।  

उहाँले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताउनुभयो। उहाँले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभयो । 

उहाँले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका थियो। न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो । 


प्रतिक्रिया