`

सिंहदरबारमा  प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी 

Nepal One HD ११ वैशाख २०८० १५:३५
राजनीति

काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा जारी  छ ।

बैठकमा संसदीय समितिहरूको गठन तथा टिआरसी विधेयक लगायतका विवादित विषयमा टुङ्गो लगाउने, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा दलका सचेतकहरूको सहभागी हुनुहुन्छ । 


प्रतिक्रिया