आगो नियन्त्रणपछि दुबई उडानलाई निरन्तरता दिए पाइलटले
प्रमुख खबर
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गर्ने तयारी गरिएको फ्लाइ दुबईको विमान दुबईको उडानलाई निरन्तरता दिएको छ ।
जहाजको एउटा इन्जिनमा आगलागी भएपनि नियन्त्रण गर्न सकिएकोले पाइलटले दुबई उडानलाई निरन्तरता दिएका हुन् । एउटा इन्जिनमा आगलागी भएपछि धादिङमाथिको आकाशमा केहीबेर फन्को लगाएपछि आगो नियन्त्रण आएको र अहिले समस्या नभएकोले दुबईको उडानलाई निरन्तरता दिइएको बताइएको छ ।
आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरण सुत्रले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
