`

रविलाई बधाई दिँदै जितनारायणले भने– दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ

Nepal One HD १२ वैशाख २०८० १२:२५
राजनीति

काठमाडौं – चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले अहिलेको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताउनुभएकाे छ । 

चितनव–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई जितका लागि बधाई दिँदै श्रेष्ठले यस्तो बताउनुभएकाे हाे ।

उम्मेदवार श्रेष्ठले जनताले परिवर्तन खोजिसकेको बताउनुभयाे । उपनिर्वाचनले अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको उहाँले बताउनुभयाे ।

‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं’, उहाँले भन्नुभयाे, ‘व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’

उपनिर्वाचनबाट जे परिणाम आएको छ त्यसलाई सहर्ष स्वीकार गर्ने बताउदै उहाँले भन्नुभयाे, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

उहाँले जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताउनुभयाे । ‘सबैठाउँको मतपरिणाम हेर्दा सबैले परिवर्तनको आभास खोजेका छन् । आम जनता राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भन्दा पनि परिवर्तन खोजेका छन् । ठूला दललाई कि त सच्चिनुपर्छ कि त सक्किनुपर्छ भनेर चुनौति दिएको छ ‘, उहाँले भन्नुभयाे ।


प्रतिक्रिया