`

गण्डकीमा सरकार गठनका लागि आह्वान

Nepal One HD १२ वैशाख २०८० १३:५६
प्रमुख खबर

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नु भएको छ । 

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिनु भएको छ । 

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उहाँले आह्वान गर्नु भएको हो । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

एमालेका खगराज अधिकारी माओवादी र राप्रपा समेतको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि खगराज अधिकारी वैशाख ९ गते शनिबार विश्वासको मत प्राप्त गर्न सक्नु भएन ।  


प्रतिक्रिया