`

सांसद ईश्वरबहादुर रिजालको आग्रह : एमालेलाई पुरानो पार्टी नभनियोस्

Nepal One HD १२ वैशाख २०८० १४:१५
राजनीति

काठमाडौं – नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

सांसद रिजालले भन्नुभयो, ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस्।’

नयाँ दल आउनु स्वभाविक भएको भन्दै उहाँले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सौर्यमण्डलमा धेरै ताराहरु जन्मिने गर्छन्। ताराहरु बिलाउने पनि गर्छन् । तर, सूर्य आयूमा पुरानो होला। त्यसको काम पुरानो भएको छैन । त्यसले उज्यालो दिने र ताप दिने काम त्यो नयाँ नै छ।’


प्रतिक्रिया