प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने हो : प्रेम सुवाल

राजनीति

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्तापक्ष र प्रतिपक्षीचको भागवण्डाले लोकतन्त्र बलियो नहुने बताए ।
उनले भने, “सभामुख महोदय, सत्तापक्ष र प्रतिपक्षबीच संसदीय समितिमा भागवण्डा मिलेको समाचार आएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन, प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने हो ।”
उनले संसदीय सुनुवाइ समिति र कार्यव्यवस्था परामर्श समितिमा भने सबै दलको प्रतिनिधित्व हुनुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट