महाविर पुन आन्दोलनमा, माइतीघर मण्डलामा धर्ना शुरु

प्रमुख खबर

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा उत्रेका छन् । उनले आज माइतीघरमा धर्ना शुरु गरेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज उनले माइतीघर मण्डलामा प्रदर्शन शुरु गरेका छन् ।
पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट