`

राज्य शक्तिको दुरुपयोग नगर्न राजेन्द्र लिङदेनको आग्रह

Nepal One HD १५ वैशाख २०८० १६:४५
राजनीति

काठमाडौं – राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद सांसद् राजेन्द्र लिङदेनले राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गर्नुभएकाे छ । प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताउनुभयाे।

उहाँले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने बताउनुभयाे।

लिङदेनले भन्नुभयाे,‘निर्माण व्यवसायीलाई ८० अर्ब भुक्तानी गर्न बाँकी छ । राजस्वले चालु खर्च समेत धान्न सकेको छैन । यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा र अयोग्य लडाकुलाई रकम बाँड्नु सत्ताको दुरुपयोग हो । ’


प्रतिक्रिया