नेपाल र कुवेतबीचको खेल सुरु, ४२ ओभरमा खेल छोट्याइयो

खेलकुद

काठमाडौं / एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको अवरुद्ध सेमिफाइनल खेल सुरु भएको छ ।
करिब २ घण्टा अवरुद्ध भएको खेल ४२ ओभरमा छोट्याइएको म्याच अफिसियलले जानकारी दिएका छन् । खेल १ बजेदेखि सुरु भएको हो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो।
नेपाली टोली
रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट