`

कुवेतविरुद्ध नेपालले दियो २८१ रनको चुनौतिपूर्ण लक्ष्य

Nepal One HD १६ वैशाख २०८० १४:३१
खेलकुद

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत कुवेतविरुद्ध नेपालले २८१ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए ।

कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो ।


प्रतिक्रिया