अयोग्य लडाकुलाई रकम दिन लागेको विरोधमा राष्ट्रिय युवा सङ्घले जलायो प्रधानमन्त्रीको पुत्ला

राजनीति

काठमाडौँ – मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
युवा सङ्घले शनिबार काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरूले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
त्यस्तै उनीहरूले वर्तमान सरकारले नीतिगत भ्रष्टचार सुरु गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले शान्ति सुरक्षा कायम गर, भ्रष्टाचार अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै उनीहरूले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेका थिए ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट