`

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

Nepal One HD १७ वैशाख २०८० १२:५३
राजनीति

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । 

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिवार राजीनामा दिनुभएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो । 

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिवार जुम मिटिङ गरी जानकारी दिएको थियो । 

भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । 


प्रतिक्रिया