`

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

Nepal One HD १७ वैशाख २०८० २०:५९
राजनीति

गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।


प्रतिक्रिया