`

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

Nepal One HD १९ वैशाख २०८० १७:५३
प्रशासन

काठमाडौं – काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।

भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मितिदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा उनी र उनको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दा १ करोड ९२ लाख एक हजार ९२२ रुपैयाँ ३४ पैसा वैधानिक आय देखिएको र ३ करोड ७, लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा खर्च देखिएको आयोगको जिकिर छ।


प्रतिक्रिया