`

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

Nepal One HD २० वैशाख २०८० ८:५४
समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५६ जना करारमा प्रहरी मागेको छ । गत बैशाख १० गतेको सूचना अनुसार महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको हो । 

सार्वजनिक सूचना अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।  जसमा महानगरपालिकाले खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो ।


प्रतिक्रिया