नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई देवेन्द्र पौडेलको आग्रह

राजनीति

काडमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।
मंगलबार मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘त्यो घटनामा निष्पक्ष ढंगले छानबिन गरेर नेपाली जनता र नेपाल पक्षराष्ट्र भएर गरिएको अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनुपर्छ ।’
उनले प्रधानमन्त्रीको प्रतिबद्धतालाई समर्थन गर्दै अरु कुनै दबाब र प्रेसरमा नपरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट