`

टोपबहादुर रायमाझी दोषी छैनन् भने किन लुकेर बसेका छन् ? : प्रदीप यादव

Nepal One HD २६ वैशाख २०८० १२:१२
राजनीति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी दोषी छैनन् भने किन लुकेर बसेका छन् भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

“यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,” सांसद यादवले भने, “उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ ।”

प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए ।


प्रतिक्रिया