नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ : ठाकुर गैरे

राजनीति

काठमाडौँ – नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट