`

राप्रपा सांसदको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

Nepal One HD २७ वैशाख २०८० ११:४१
राजनीति

काठमाडौं / राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे। 

यसअघि सभामुख घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेर्दै नाराबाजी गरिरहे । यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे । 

यसअघि आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गर्नुभएकाे थियाे । 


प्रतिक्रिया