रघु पन्तको सरकारलाई आग्रह : नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस्

राजनीति

काठमाडौँ – नेकपा एमालेका सांसद रघु पन्तले नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका हुन् ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘म सरकारलाई आग्रह गर्छु नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस् । हामीले छलफल गरेर पारित गर्न तयार छौं । तर, धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानले दिन्छ ?’
संविधानको संरक्षकले संविधानविपरीत कार्य गर्न नहुने उनको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट