`

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् : रामहरि खतिवडा

Nepal One HD २७ वैशाख २०८० १३:०२
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कोस् । निर्दोष नफसोस् ।’

सो प्रकरणमा हाइप्रोफाइलका नेताहरू नै मुछिएका छन् ।


प्रतिक्रिया