`

संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचार गर्दैछु

Nepal One HD २७ वैशाख २०८० १५:०९
राजनीति

काठमाडौं / नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। 

उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका हुन्।  स्राेतका अनुसार रायमाझीले मेलमार्फत पत्र पठाएका हुन् ।  ‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौँ, ईमेलबाट पठाएको हुन सक्छ, पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको बेहोरा रहेको बुझिएको छ।’ संसद् सचिवालयका एक अधिकारीले भने ।

यसैबीच प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरासँगै  वैशाख २० गतेदेखि गायब उनलाई एमालेले बुधबारदेखि निलम्बन गरेको छ। 

टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे थियाे।


प्रतिक्रिया