`

एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु

Nepal One HD २८ वैशाख २०८० ११:५९
राजनीति

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु भएको छ ।

च्यासलमा रहेको पार्टीको केन्द्रीय कार्यालय तीन दिनसम्म चल्ने बैठक सुरु भएको हो। आजबाट सुरु भएको बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ ।

वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।

बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।


प्रतिक्रिया