नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखियो : रघुजी पन्त


काठमाडौं – नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दबाबको कूटनीति बनाएको तर्क गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गर्नुभएको हो ।
भारतले आफ्नो एजेण्डा पुरा गर्नका लागि नेपाललाई दबाब दिएको उहाँले बताउनुभयो । उहाँले दबाबको कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेण्डा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दुखद कुरा भएको जिकिर गर्नुभयो ।
उहाँले नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।