`

विदेश पढ्न जाने विद्यार्थीबाट ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD ४ जेठ २०८० १४:०५
राजनीति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिदैँ उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । साथै विद्यालयको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छु ।,शिक्षकको क्षमता विकासका कार्यक्रम संचालनमा रहेका छन् । स्थानीय तह र प्रदेश सरकारसँग प्रवभाकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गरिँदै आएको छ । यस्ता कार्यलाई निरन्तरता दिई थप सुधार गरिने व्यवस्था छ ।’


प्रतिक्रिया