`

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ छ

Nepal One HD ४ जेठ २०८० १३:५७
राजनीति

काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ रहेको बताएउनुभयो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनु भयो ।

उहाँले भन्न्ुभयो, ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्ग भएका व्यक्तिको पुनर्स्थापनाका लागि प्राथमिकताका साथ अगाडि बढाइन्छ। सरकारको तर्फबाट यो विषयमा वृहत् राजनीतिक सहमति निम्ति प्रयास गरेको छौँ।’

विस्तृत शान्ति सम्झौतासँग सम्बन्धी सहमत सबै राजनीति दलहरूको सहयोगलाई लिएर विधेयक संसदबाट पारित गरेर टुंग्याउने उहाँले बताएउनु भयो।


प्रतिक्रिया