शरणार्थी प्रकरणमा भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

राजनीति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही गर्ने बताए ।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, दोषी कोही पनि उम्कन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड छ। जुनसुकै तहका व्यक्ति भए पनि कानुनको दायरमा आउँछन्। भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ। यसलाई अन्तिम निष्कर्षमा पुर्याउछौं।
सो प्रकरणमा प्रहरीको छानबिनमा कुनै तहबाट पनि हस्तक्षेप नभएको र हुन पनि नदिने उनले प्रस्टाए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट