`

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अदालतको आदेशले अप्ठ्यारो भयाे : प्रधानमन्त्री

Nepal One HD ४ जेठ २०८० १४:१७
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफू सकारात्मक भएपनि यो प्राविधिक पक्ष रहेको बताउनु भएकाे छ  । बिहीबार संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतले प्रतिवेदन सार्वजनिक नगर्नू भन्ने फैसला दिएका कारण अफ्ठेरोमा  परेको बताउनुभयाे।

प्रचण्डले भन्नुभयाे,‘लाल आयोग गठन भएको कुरा साँचो हो । आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु म । सर्वोच्च अदालतले प्रतिवेदन सार्वजनिक नगर्नु भन्ने फैसला दिएकाले अफ्ठेरो भएको हो । पुनरावलोकन गरेर भएपनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ । प्राविधिक कारणले सार्वजनिक नभएको हो । ’

प्रतिवेदन सार्वजनिक हुने चरणमा रहेकै वेला राष्ट्रिय सूचना आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको प्रधानमन्त्रीले बताउनुभयाे।


प्रतिक्रिया