`

राजेन्द्र लिङ्देनको आरोप : ठुला–ठुला भ्रष्टाचारमा प्रमुख दलहरूबिच दलीय सहमति देखियो

Nepal One HD ४ जेठ २०८० १६:३१
राजनीति

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला–ठुला भ्रष्टाचारमा प्रमुख दलहरूबिच दलीय सहमति देखिएको आरोप लगाउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्दनले ठुला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठुला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि टुङ्गो लाग्न नसकेको बताउनुभएको हो ।

उहाँले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताउनुभयो । उहाँले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्नुभयो ।

लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुन स्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशीर्वाद र पैसा नलिने जिकिर गर्नुभयो ।

उहाँले काँग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताउनुभयो ।


प्रतिक्रिया