भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्छ – राजेन्द्र लिङ्देन

राजनीति

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापित गर्न देशभर अभियान गरी जनतालाई मुलुकको वर्तमान अवस्थाबारे सुसूचित गराउने जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट