`

सुदूरपश्चिमकाे भागबण्डा प्रति नागरिक उन्मुक्ति असन्तुष्ट, दुइ मन्त्रालय नपाए सरकारमा नजाने

Nepal One HD ५ जेठ २०८० १६:०२
राजनीति

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयहरुको भागबण्डालाई लिएर नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको छ। आफूहरुलाई एउटा मात्रै मन्त्रालय दिइएको भन्दै नागरिक उन्मुक्तिका नेताहरुले असन्तुष्टि जनाएका छन्। 

नागरिक उन्मुक्ति पार्टी, प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले २ मन्त्रालय पाउनुपर्ने दाबी कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक बिकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुपर्ने माग गरेका छन्।

‘हामीले २ मन्त्रालय पानुपर्ने माग राखेका छौं, यदि हाम्रो माग पुरा भएन भने आज (शुक्रबार) हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुँदैनौं। बहिस्कार गर्छौं,’ चौधरीले भने। 

गठबन्धनमा आवद्ध दल (नागरिक उन्मुक्ति बाहेक) काे भागबन्डाअनुसार नेकपा माओवादी केन्द्र दुई, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमति आज भएकाे छ। अढाई वर्षपछि माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने पनि सहमति आज भएको छ।  यस्तै, कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीले एक-एकजना राज्यमन्त्री पनि पाउने गरी सहमति  छ।  सहमतीप्रती  नागरिक उन्मुक्ति पार्टीले  भने अझै असन्तुष्टि जनाइरहेकाे छ । 


प्रतिक्रिया