`

उखु किसानको समस्या तत्काल समाधान होस् : अमरेशकुमार सिंह

Nepal One HD ७ जेठ २०८० १२:०१
राजनीति

काठमाडौँ – सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।

उनले भने, “हामीले बच्चादेखि पढ्दै आएका थियौ कि उखु नगदेबाली हो,” प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सिंहले भने, “तर, पछिल्लो समय सरकारले उखुलाई उधारो बाली बनाइदियो ।”

उनले उखु किसानले बाली लगाउने समय आएको भन्दै बिनापैसा कसरी बाली लगाउने भनेर प्रश्न गरे ।

“आगामी असार साउनमा किसानले बाली लगाउनुपर्छ । पैसा नै नभएपछि कसरी बाली लगाउने ?,” सरकारलाई प्रश्न गर्दै सिंहले भने, “उखु किसानको समस्या तत्काल समाधान होस् ।”


प्रतिक्रिया