`

कमीकमजोरी आफूले गरेर दोष अर्काको टाउकोतिर लगाउन मिल्दैन : अध्यक्ष ओली

Nepal One HD ७ जेठ २०८० १२:५६
राजनीति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमीकमजोरी आफूले गरेर दोष अर्काको टाउकोतिर लगाउन नमिल्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संवाद, सहमति र सहकार्यको बाटोमा राष्ट्रिय राजनीतिलाई लानुपर्ने बताबताउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिले प्रधानन्यायाधीश चाहियो कि चाहियो भनिराखेका छन्। यस्तो इम्प्रेसन दिन खोज्या छन् मानिलिऔँ प्रमुख प्रतिपक्षले गर्दाखेरि यो २३ महिना संवैधानिक परिषद्को बैठक किन बोलाइएन ? २३ महिना बैठक नबोलाउने एउटा प्रधान्यायाधीशमाथि महाभियोग लगाएर छाड्दिने, महाभियोगको प्रस्ताव निर्णयार्थ अगाडि जान नदिने, यस्तो बदनियतपूर्ण ढंगले काम गरेर अनि लोकतन्त्र हुन्छ ? यसरी समयमा काम हुन्छ।’


प्रतिक्रिया