`

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने र दोषी उम्काउन खोजियो : केपी ओली

Nepal One HD ७ जेठ २०८० १३:४६
राजनीति

काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाउनुभएकाे छ । 

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ । 

आफ्नो पार्टी अपराधि नउम्किने र निर्दाेष कोही नफसोस् भन्दै उहाँले निर्दाेष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताउनुभयाे । 

प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताउनुभयाे । 


प्रतिक्रिया