`

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता

Nepal One HD ७ जेठ २०८० १७:४६
समाचार

बझाङ – बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयाे ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको  तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया