प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा मिचेको भूमिको विषयमा छलफल हुनुपर्छ : माधव नेपाल

राजनीति

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला भारतले मिचेको भूमिको विषयमा छलफल हुनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा उनले भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र नेपालको नक्साका विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।
“लिम्पियाधुरा, कालापानी, लिपुलेक, नेपालको नक्साको कुरा आएको छ । अवश्य पनि यसको उल्लेख हुनुपर्दछ । प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई उठाउनुपर्ने आवश्यकता छ । सबै देशसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छौँ,” उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट