`

अभिनेता आदित्य घरको बाथरुममा मृत भेटिए

Nepal One HD ९ जेठ २०८० ८:०५
मनोरञ्जन

काठमाडौं भारतीय अभिनेता तथा मोडल आदित्य सिंह राजपूत मृत अवस्थामा भेटिएका छन् । आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । ‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्यको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन ।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पु¥याए पनि बचाउन नसकिएको बताइएको छ । अहिले प्रहरी यो मामलामा अनुसन्धान गरिरहेको छ । आदित्यको निधनले बलिउड शोकमा डुबेको छ ।


प्रतिक्रिया