`

प्रधानमन्त्री प्रचण्डद्धारा ११औं पटक मन्त्रिपरिषद् विस्तार

Nepal One HD ९ जेठ २०८० १३:५८
प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज जसपाका दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

प्रचण्डले दुई मन्त्री थपेसँगै बल्ल सरकारले पूर्णता पाएको छ ।


प्रतिक्रिया