`

शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन सुरु

Nepal One HD १२ जेठ २०८० १३:४०
प्रमुख खबर

काठमाडौँ  – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान सुरु भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रवारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु भएको हो । 


प्रतिक्रिया