`

बेंग्लोर उडेको निगमको जहाज चरासँग ठोक्किएको आशंका

Nepal One HD १३ जेठ २०८० १५:४६
प्रमुख खबर

काठमाडौँ – काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो । धावनमार्गमा चरा नभेटिएको र  अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका  त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयाे ।


प्रतिक्रिया