`

संसद बैठकमा प्रतिपक्षी दलको विरोध

Nepal One HD २२ जेठ २०८० ११:४२
प्रमुख खबर

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् ।

बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिनुभयाे ।  

अहिले सांसद भट्टराईले बोलिरहेका छन् । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उहाँको भनाइ छ ।


प्रतिक्रिया