`

विश्वकप छनोट : नेपालले टस हारेर ब्याटिङ गर्दै

Nepal One HD ३ असार २०८० १२:५२
खेलकुद

काठमाडौं / आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाबेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को तालिका अनुसार नेपाल समूह ‘ए’मा छ। समूह ‘ए’मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।
नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने


प्रतिक्रिया