विश्वकप छनोटः जिम्बाव्वेविरुद्धको खेलमा आसिफको अर्धशतक

खेलकुद

काठमाडौं / आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालका आसिफ शेखले जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् । जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
आसिफले २८औं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक १ सय ३९ रनको साझेदारी यसअघि भएको थियो । अहिले जारी खेलमा आसिफले कुशल भुर्तेलसँग १ सय ५५ रनको साझेदारी गरिसकेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट