ट्यनिसियामा रेल दुर्घटनाःदुई जनाको मृत्यु, ३४ जना घाइते
विश्व
ट्यनिस / पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् ।
ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ ।
उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
