नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै

NepalOne ९ असार २०८० १२:३४
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र नेदरल्यान्ड्स दुवैले एक-एक खेल जितेर समान २ अंक प्राप्त गरेका छन् । तर नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ। समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल जित्नै पर्ने दबाव छ ।

नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी


प्रतिक्रिया